हामी परिक्षण प्रसारणमा छौ



२०जेठ, सल्यान । सल्यानमा गत मंगलबार देखि बेपत्ता महिला  मृत अबस्थामा फेला परेकि छ्न ।कालिमाटी गाउँपालिका-, तिखेतराकी ६२ वर्षिय डम्बरी कुँवरको शव शारदा नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गत १७ गते बिहान ८ बजे  हेराउन जान्छु भन्दै घरबाट गएपछि परिवार  सँग  सम्पर्क बिहिन  भएपछि परिवारले खोजिकार्य गर्नेक्रममा  छोराले बिहीबार दिउसो १२ बजेतिर सोहि ठाउँमा पर्ने शारदा नदीको बिचमा शव अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन।

शव फेला पारे पछि  प्रहरीलाई जानकारी गराए अनुसार ईलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी नायव निरीक्षक तेजबहादुर खड्काको कमान्ड खटिएको प्रहरी टोलिले शव निकाली पोष्टमार्टमको लागि तुलसीपुर दाङ पठाई पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाएको र घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक प्रेमबहादुर बोहराको कमान्डमा soco सहित ५ जनाको टोलि खटिएका प्रहरी निरीक्षक खनालले बताएका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार, ,  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्