सल्यान । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) छत्रेस्वरी गाउँपालिका अध्यक्षमा हिमाल योगी (यात्री) चयन भएका छ्न् ।
माओवादी केन्द्र छ्त्रेस्वरी गाउँ समितीकाे सनिवार छत्रेस्वरी गाउँपालिका वडा न.२ काे बुरासेमा सम्पन्न बिशेष अधिबेशनले गाउँ समितीकाे अध्यक्षमा पार्टिका युवा नेता हिमाल योगी (यात्री) लाई सर्वसम्मत रुपमा चयन गरेकाे माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समिति सदस्य भिम बहादुर परियारले जानकारी दिए।
विशेष अधिबेशनले गाउँ समिति उपाध्यक्षमा रेशम अधिकारी,भिम बहादुर परियार र धन वहादुर परियारलाई चयन गरेको छ । यस्तै समितिको सचिवमा प्रेम पहाडी सहसचिवमा राम महतरा र काेषाध्यक्षमा गिताञ्जली भण्डारी सर्बसम्मत चयन भएको माओवादी केन्द्र छ्त्रेस्वरी ले जनाएको छ ।
सनिवार सम्पन्न विशेष अधिबेसनले स्थानीय तहको निर्वाचनमा पार्टी का आधिकारिक उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै वडा कमिटी बाट आएका सिफारिसलाई अध्ययन गर्ने समिति बनाएर छानबिन गरि कारबाहि गर्ने निर्णय समेत गरेको छ।
Error generating audio.