हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ  कार्यक्रम गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आयोजानामा वृक्षारोपण तथा सरसफाई गरिएको छ । 

वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले हरियो वन नेपालको धन भने जसरी आफ्नो नगरपालिकालाई हरियाली बनाउनु पर्ने बताउनु भएको छ । अहिले नगरपालिका भित्र विभिन्न संघ सस्थाले वृक्षरोपणको लागि थुप्रै बजेट व्यवस्थापन गरेको र विगतमा पनि धेरै ठाउँमा वृक्षरोपण गरेकोले त्यसलाई बचाउनु पर्नेमा सबैको ध्यान दिनु पर्नेमा नगर प्रमुख जोड दिनु भएको छ । 

उहाँले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताउनु भयो  । वातावरण संरक्षणको लागी पहिलो प्राथमिकता वन जंगल संरक्षण र वृक्षारोणमा ध्यान दिनु पर्ने प्रमुख बुढाथोकीले बताउनु भएको छ । दिवसको अवसरमा सल्लीबजार विभिन्न स्थानमा फोहोर संकलनका लागि २२ वटा डस्टविन समेत राखिएको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार, ,  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्