हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बागचौर नगरपालिकाले सेवाग्राहीलाई सहज सेवा दिन नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको पहिलो कार्यपालिका बैठकको सेवाग्राहीलाई सजिलोसँग सेवा दिन र सेवा प्रवाहमा सुधार ल्याउने निर्णय अनुसार नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम ले बताउनुभयो ।

नगर प्रमुख गौतमका अनुसार नागरिक सहायता कक्षबाट तत्कालका लागी सेवाग्राहीको लागी सोधपुछ,योजना भुक्तानीमा सहजीकरण र फोटोकपी सेवा प्रदान गरिनेछ । यस्तै नगरपालिकाले योजना तथा बजेट वितरण आबस्यकता र सबै वडालाई मध्यनजर गर्दै निर्माण गर्ने गरि तयारी गरेको  कार्यपालिका सदस्य तथा वडा नम्बर-६ का वडाअध्यक्ष ज्ञानबहादुर वली (माइकल) ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार, ,  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्