हामी परिक्षण प्रसारणमा छौ



असार १,सल्यान । कपुरकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन भन्दै पालिका भित्रका सुनौलो हजार दिनका आमालाई कुखुरा वितरण गरेको छ ।

पालिका भित्रका १६५ सुनौलो हजार दिनमा आमाहरूलाई कुपोषणको कुचक्रलाई तोड्न र पोषणमा सुधार ल्याउन भन्दै हेम सायर जातको कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ । 

गर्भवती तथा सुत्केरी भएको अवस्थामा पोषणको बढी आवश्यकता पर्ने  यस समयमा पोषण सुधारमा ध्यान दिन सकिएन भने महिलालाई जटित समस्या आउन सक्ने अवस्थालाई ध्यान राखी कुखुरा वितरण गरिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । उहाँले भन्नु भयो ‘गाउँघरमा अझै पनि गर्भवती तथा सुत्केरी महिला पोषणयुक्त चिज खान नपाइरहेको अवस्थामा छ । जसका कारण कुपोषणको मात्रा पनि बढी रहेको छ ।’ 

कुपोषणको मात्रा घटाई पोषणमा सुधार ल्याउनु यसको मुख्य उद्देश्य रहेको भण्डारीको भनाई छ । कुपोषणको जोखिममा रहेका बालबालिकालाई अण्डा खुवाउनु पोषणको एउटा तत्वमात्र भएको भएपनि यो सँगै अन्य पोषणयुक्त खानेकुरामा पनि ध्यान दिन सकुन् भन्ने उद्देश्यले कुखुरा वितरण गरिएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले बताउनुभयो ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ दिन अर्थात  जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनका आमाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेको उहाँको भनाई छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार, ,  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्