हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपलिकाकाे आयाेजनामा दार्मा २०७९/८० काे निति तथा कार्यक्रम सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।

बिहीवार (आज) जिल्ला समन्वय समिति सल्यानका उप-प्रमुख असबिर बुढाथोकीको प्रमुख आतिथ्यता तथा दार्मा गाउपालिका उपाध्यक्ष जुना मल्लको आथित्यतामा भएको उक्त कार्यक्रममा दार्मा गाउपालिकाका अध्यक्ष निम बहादुर केसी ले आ.ब २०७९/८० काे बजेट सम्बन्धमा प्रस्ट पार्नु भएकाे थियाे ।

यस्तै दार्मा गाउपालिका याेजना प्रमुख खुम बहादुर केसी ले गएको ५ वर्ष काे प्रगति विबरण पेस गर्नु भयकाे थियाे । यस्तै
अन्तरक्रियामा सहभागीहरुले आ.ब २०७९/०८० काे बजेट तथा निति कार्यक्रममा स्थानिय उत्पादनमा जाेड दिनुपर्ने ,आयातमा निरुत्साहित गर्ने ,निर्यातमा वृद्धि गर्नुपर्ने ,कृषि मा अधुनिकिकरण गरेर जानुपर्नेमा जोड दिएका छन् ।

यस्तै सुसासन सहितकाे दार्मा निर्माण गर्न कर्मचारीले मुस्कान सहितकाे सरल र सहज जनताकाे सेवा गर्नुपर्ने कुरामा समेत जोड डिएका थिए । वेराेजगारि समस्या हल गर्न युवालाई उत्पादनमा जाेडनुपर्ने ,शिक्षामा एकिकृत याेजना लागु गर्नु पर्ने दार्मा काे मुकाम फारुला सम्म १२ महिना यातायात सुविधा हुने गरि सडक स्तरउन्नति हुनुपर्ने सहभागिहरुकाे जाेड रहेको छ ।

दार्मा गाउपालिका का अध्यक्ष निम बहादुर केसीकाे अध्यक्षतामा संचालन गरिएकाे अन्तर्रक्रिया कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत रेसम ओली ले गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा दार्मा गाउँपालिका स्तरमा रहेका राजनीतिक दल ,सरकारी तथा गैर सरकारी संस्था, सहकारी संस्था ,वन तथा वाताबरण,उद्योग- बजार ब्यबस्थापन समितिमा आबद्ध विभिन्न ब्यक्तित्वहरुकाे प्रतिनिधित्व रहेकाे थियाे ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार, ,  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्