हामी परिक्षण प्रसारणमा छौ




रोल्पा । रोल्पाको माडी गाउँपालिका गाउँ कार्यपालिका बैठकबाट विभिन्न विषयगत समिति गठन भएको छ ।
गत शुक्रबार गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको बिषयगत समिति बनाएको हो । जस अन्तर्गत आर्थिक बिकास समितिको संयोजकमा वडा नम्बर-६ का वडा अध्यक्ष खर्क बहादुर पुन, सामाजिक बिकास समितिको संयोजकमा वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगर,भौतिक पुर्वाधार बिकास समितिको संयोजकमा वडा नम्बर १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगरलाई जिम्मेवारी दिइएको छ ।

बिधयक समिति संयोजकमा वडा नम्बर ४ का वडा अध्यक्ष रेग बहादुर मल्ल,सार्वजनिक सेवा तथा क्षमता बिकास समितिको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर बुढा,बन,वातावरण तथा बिपद व्यवस्थापन समितिको संयोजकमा वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगरलाइ जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले जानकारी दिनुभएको छ । त्यस्तै गाउँपालिकाको न्यायीक समिति र राजस्व परामर्श समिति संयोजकमा उपाध्यक्ष जयपुरी घर्तिमगरलाइ जिम्मेवारी दिइएको छ ।

यसैगरी माडी गाउँपालिकको गाउँ शिक्षा समिति समेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा १४ सदस्यीय गाउँ शिक्षा समिति गठन गरेको छ । कार्यापालिका बैठकले पालिकाको गतिविधिलाइ सार्वजनिक गर्न प्रवक्ताको जिम्मेवारी वडा नम्बर-४ का वडा अध्यक्ष रेग बहादुर मल्ललाइ तोकेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार, ,  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्