हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।   बागचौर नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रम पास भएको छ । शुक्रबार साँझ मेयर जनकराज गौतमले बहुमतले नीति तथा कार्यक्रम पास भएको घोषणा गर्नुभएको छ ।

उता माओवादी केन्द्र  र एकीकृत समाजवादीका जनप्रतिनिधिहरु भने मेयरले पेलेर एकलौटी ढंगले प्रस्तुत भएको भन्दै सभास्थलबाट बाहिरीए छन् ।
नगर उपप्रमुख रहेकी माओवादी केन्द्रकी सुम्निमा डिसी सहितका जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द नराखेको भन्दै बाहिरीएको एक नगर सभा सदस्य ज्ञान बहादुर वली (माइकल)ले जानकारी दिनुभयो ।

वलीले जनाए अनुसार अन्य स्थानीय तह, प्रदेश र संघीय सरकारले जनयुद्ध शब्द प्रस्तुत गरिरहदा बागचौर नगरपालिकामा जनयुद्ध शब्दलाई हटाइएको भन्दै उपप्रमुख सहित माओवादी केन्द्र का सम्पूर्ण जनप्रतिनिधिहरुले असहमति जनाएका थिए ।

यस्तै आफु लगायत नेपाली कांग्रेसका जनप्रतिनिहरु संविधानमा जनयुद्ध शब्द नरहेकोले नराख्ने निचोडमा पुगेको नगर प्रमुख जनकराज गौतम को भनाइ छ । जनयुद्ध लगायतका आन्दोलनहरुलाई जनआन्दोलन शब्दले समेट्ने र त्यस अनुरुप कार्यक्रम मा जनआन्दोलन शब्द राखिएको नगर प्रमुख  गौतमको दाबी छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार, ,  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्