हामी परिक्षण प्रसारणमा छौ



बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले आफ्नो पदबाट राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष बुझाउनु भएको स्रोत को दाबी छ ।

२०७४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३(ख) मा निर्बाचित प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा परेर मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा  तत्कालीन नेकपाबाट बिमला खत्री वलीले विजयी हुनुभएको थियो । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजे संगै माओवादीले बिमलालाई राज्यमन्त्री बनाएको थियो ।

गत जेठ अन्तिम साता दाङका वाईसीएल नेता एकराज बस्नेतको तुलसीपुर नयाँ बसपार्कको घरमा वलीले एकराजकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि प्रदेश सरकारले छानविन समिति गठन गरेको छ ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको पुस्टि गर्नुभयो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार, ,  १ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्