हामी परिक्षण प्रसारणमा छौ



सल्यान । कृषि बिकास कार्यालय ले बुधबार सल्यानमा धान रोपेर धान दिवस मनाएको छ।कृषि बिकास कार्यालय सल्यानद्वारा आयोजित कार्यक्रममा कर्मचारी,स्थानीय बासी, पत्रकार,विद्यार्थी लगायत को उपस्थिति मा धान रोपेर १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ।

कृषि बिकास कार्यालयका कर्मचारी,स्थानीय बासि,पत्रकार,विद्यार्थी लगायतले धान रोपेर असार १५ मनाएको कृषि बिकाद कार्यालय सल्यान का मुकुन्द शर्माले बताउनु भयो ।

शर्माका अनुसार सल्यानमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको  छ । लामो समयको खडेरी र सिचाई नहुने स्थानमा खेती हुन नसकेको बताउँदै कार्यालयले पर्याप्त मात्रामा बर्सात भएमा एक हप्तामा सम्पूर्ण रोपाई सकिने कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । 

जिल्लामा ७ हजार हेक्टर भन्दा बढी क्षेत्रमा धान खेती हुँदै आइरहेको छ । नेपालमा विसं २०६१ मंसिर २९ गते निर्णय गरेर २०६२ साल असार १५ गतेदेखि देशभर सरकारी निकायले समेत ओेपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालेको पाइन्छ ।कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा अहिले पनि खेतीपाती बनेको छ।

तर भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालले हाल दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गर्दै आएको छ । गएको ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान/चामल र धानको बिउ आयात भएको भन्सार बिभागको दाबी छ । तस्वीरहरु: अमृतबाबु बुढाथोकी

प्रकाशित मिति : १५ असार २०७९, बुधबार, ,  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्