हामी परिक्षण प्रसारणमा छौ



दाङ ,तुल्सिपुर । बिगत २०७४ साल देखि पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट बिषयमा अध्यन अध्यापन गराउँदै आएको कुमाख कलेज अब म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स प्रा. ली तुल्सिपुर दाङले रैथाने खाना प्रबर्द्धन गर्ने हेतुका साथ कर्णाली र लुम्बिनी प्रदेशमा प्रचलित नेपाली खाना एक कार्यक्रमका बिच पस्किएको छ।

यस कार्यक्रममा स्थानिय जनप्रतिनिधी तुल्सिपुर उपमहानगरपालिकाकि उपमेयर स्यानी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भन्डारी खाध्य प्रविधी तथा गुण नियन्त्रण कार्यलय तुल्सीपुरका प्रमुख ऊज्वल रायमाझी, रिजन कार्कि, राजेस कुमार चौधरीको उपस्थिती थियो भने निजी ऊधोग व्यवशायको प्रतिनिधी संघ सस्था अन्तर्गत उद्योग बाणिज्य संघ तुल्सिपुरका अध्यक्ष राम प्रसाद चालिसे, च्याम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, सदस्य सन्तोष कुमार खड्का , तुल्सीपुर होटेल ब्यवसायी समितिका अध्यक्ष टेकराम खड्का, सचिब ईन्द्र बहादुर बस्नेत, सह सचिव दिल वहादुर भण्डारीको साथ पुर्व अध्यक्ष बिष्णु पुन , सचिव नेत्र वहादुर वली र विभिन्न संघ सस्थाका पधादिकारी सहित ४० जना भन्दा बढि अतिथिहरु बोलाएर कर्मचारिका लागि थप तालिममा सहभागिले पाक कलालाई विभिन्न प्रस्तुतीका साथ प्रस्तुत गरिएको थियो ।

नेपाली खाना पनि बिदेशी भन्दा तागतिलो र स्वस्थकर भएकोले हामिले यसलाई प्रवर्धन प्रचार गर्न आज यो कार्यक्रम गरियको भनि यस कलेजका संचालक तुफान के सी ले प्रस्ट्याए पश्चात कलेजका प्रशिक्षक सेफ बिजय घिमिरेले नेपाली रैथाने खाना किन खाने र आज तयार भयका रैथीने खानाको वारेमा विस्तृत जानकारी गराइ विदेशी भन्दा नेपली खाना लाइ बढि महत्व दिनु पर्ने कुराको वारेमा सेफ भुपुन्द्र डाँगीले बताउनुभयो ।

कार्यक्रममा तयार गरियका खानाको परिकारहरूमा असारे आलु, कलिको अचार, अम्चुर चिकेन, सातु र मोहि, बिरौलाको झोल, जुनेलो, सिरम्ला, मकैको ढिडो संग गुन्द्रुक र टिमुर को छोप,र्याल्ली रोटि र पोलेको अचार, खुर्मा, माटे र राप, गल्का आदि प्रस्तुत गरेको कलेजका संचालक तुफान के.सी र दिपक भन्डारीले बताउनु भयो  ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार, ,  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्