हामी परिक्षण प्रसारणमा छौ



दाङ । सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका-६ मदनआश्रृत चोकस्थित निर्माणाधिन घरमा काम गर्ने एक जना कामदारको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बस्ने ४५ वर्षीय लाल बहादुर नेपाली रहेका छन् । 

सोमबार बिहान तुलसीपुरमा घर निर्माणका लागि रड काट्ने क्रममा करेन्ट लागि घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार, ,  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्