हामी परिक्षण प्रसारणमा छौ



सल्यान । गएको आइतबार एमाले कर्णाली प्रदेश संसदीय दलमा प्रमुख सचेतक तथा सल्यान प्रदेश सभा (क) का सांसद गुलावजंग शाह सँग एमाले सल्यान जिल्ला कमिटी सदस्य टीका वली जोडिएर आएको बिबादास्पद टिकटक आफ्नो नभएको टिका वलीले दाबी गर्नुभएको छ ।

वलीले आज सल्यान सदरमुकाम खलंगा स्थित नेकपा एमाले को पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा केहीदिन अघि विभिन्न संचार माध्यम,सामाजिक संजालमा नेता शाह र आफ्नो चरित्रहत्या हुने किसिमको बिबादास्पद टिकटक भिडियो प्रसारणले गर्दा आफु दुखित भएको बताउनु भयो ।

वलीले आफुने आफ्नो श्रीमान सँग बनाएको टिकटकलाई अरु कसैले इडिट गरेर आफ्नो चरीत्रहत्या गर्न खोजिएको  भन्नुभयो, “म एउटा विवाहित महिला हुँ । मैले केही महिना पहिला उक्त गितमा मेरो श्रीमान सँग त्यसरी नै टिकटक बनाएकी थिए । जुन मैले मेरो फेसबुकको स्टोरीमा पनि राखेकी थिए । त्यही टिकटकलाई अहिले इडिट गरेर मेरो चरीत्रहत्या गर्न खोजिएको छ ।”

वलीले भन्नुभयो,“स्थानीय तहको चुनाव पछि मैले टिकटक पनि चलाएको छैन । घरमै बसेर अध्यापन अनुमती पत्रको परिक्षा तयारी गरिरहेकी थिए । त्यसैले अहिले यो भिडियो कसरी एक्कासी सार्वजनिक भयो, म आफै अचम्मित भएकी छु ।”

संघ र प्रदेशको निर्वाचन नजिकिएसंगै ,राजनीतिक रुपमा कमजोर पार्न नेता शाहको नाम मुछिएको बताउदै वलीले भिडियो सार्वजनिक पश्चात्, उक्त एकाउन्ट हाल नचल्ने भएको र भएका अन्य भिडियो समेत अहिले नदेखिएकोले आफ्नो टिकटक एकाउन्ट कोही कसैले ह्याक गरेको हुनसक्ने उहाँले दाबी गर्नुभयो । यस किसिमको गलत कार्य गर्ने जो सुकै भए पनि आफुले त्यस्को कानुनी उपचार खोज्ने बताउनु भयो।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार, ,  ३ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्