हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिनुभएको छ । आर्थिक बर्ष २०७९/८० को बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको प्रमुख विपक्षी दल एमाले को दबाब पछि आज बुधबार मन्त्री शर्माले  राजीनामा दिनुभएको हो ।

आज प्रतिनिधि सभामा सम्बोधन गर्दै शर्माले देश र नागरिकको हितमा आफुले बजेट ल्याएकैले अनैतिक काम गरेको आरोप लागेको उनले बताउनु भयो ।विपक्षीले आफूलाई लगाइएको आरोप पूर्वाग्रह मात्र भएको बताउनुभयो । शर्माले बजेट निर्माणको क्रममा आफूले कुनै त्रुटि नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ,एउटा संसदीय छानबीन मात्रै होइन म हजारौँ छानबीन समितिलाई जवाफ दिन तयार छु’

मन्त्री शर्माले छानबिन समितिलाई आफूले पुर्ण रुपमा सहयोग गर्ने बताउदै प्रतिपक्षी दलले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई गलत आरोप लगाएको बताउनु भयो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार, ,  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्