हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्बको अवसर पारेर साउन १ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एक सूचना जारी गरेर साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिनुभयो ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरलाई  ध्यान दिएर यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय समेत गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार, ,  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्