हामी परिक्षण प्रसारणमा छौ



सल्यान । ब्राईट रोजल्यान्ड बोर्डिङ्ग स्कुल बागचौरले शिक्षकको पेशागत सीप बिकास सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ।

बिदाको अबसर पारी स्कुल यहि श्रावण २ गते देखि ४ गते सम्म शिक्षकलाई पेशागत सीप बिकाशमा सहज हुने लक्षका साथ तालिमको आयोजना गरेको जनाएको छ ।

तालिममा कक्षाकोठा ब्यबस्थापन,बालमैत्री शिक्षण कौशल बिद्यार्थी केन्द्रित शिक्षण विधि,प्रश्नपत्र निर्माण प्रकृया,उत्तर पुस्तिका जाँच,ब्यबहारिक सीप,शिक्षकका पेशागत गुणहरु,गृहकार्य दिने र जाच गर्ने पद्दती,अग्रेजी भाषाको महत्व र प्रयोग जस्ता बिषबस्तुमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथी जिल्ला प्याब्सन सल्यानका सचिब खिमराज डि.सि.ले यस्ता खालका तालिमले शिक्षकको पेसागत सिपको बिकासमा जोड दिने भन्दै तालिममा सिकेका कुराहरु अनिबार्यरुपमा ब्यबहारमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयको थियो। उहाँले तालिममा सक्रिय सहभागीता जनाउने सबैलाई धन्यबाद ब्यक्त गर्दै बिद्यालयले आयोजना गर्ने यस्ता खालका गतिबिधिमा यस्तै उल्लेख्य सहभागिताको आशा ब्यक्त गर्नु भएको थियो।

कार्यकमका अध्यक्ष तथा बिद्यालयका प्रीन्सिपल इन्द्र भण्डारी ले शिक्षकको पेशागत सिपको बिकासको लागि कार्यक्रमको आयोजना गरियको जानकारि दिदै,तीन दिनमा पनि धेरै बिषयबस्तु समाबेस गरि तालिम प्रदान गरिएको र यसको ब्यबहारिक कार्यान्वयन भए नभएको कडाईका साथ निगरानी हुने भएको हुदा सिकेका सिपलाई अनिबार्य रुपमा व्यबहारमा उतार्न समेत अनुरोध गर्नुभएको थियो।

तीन दिन सम्म संचालित कार्यक्रममा बिद्यालयका २१ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बिद्यालयका भाईस प्रीन्सिपल रिता न्योपाने ( गौतम),गुरास अनलाईनका सन्चालक एबम बिध्यालयका ब्यबस्थापक तथा पत्रकार झक्कु शर्मा लगायतको आथित्यता रहेको थियो।

रिता न्यौपाने (गौतम)को स्वागत मन्तब्यबाट सुरु भयको कार्यक्रमको सन्चालन बिद्यालयका साँस्कृतिक बिभाग प्रमुख बिकास बाबू चन्दले गर्नु भएको थियो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार, ,  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्