सल्यान । नेपाली कांग्रेस सल्यान ले भातृ संगठन नेपाल तरुण दल सल्यान प्रदेश सभा (क) सल्यानको क्षेत्रीय संयोजकमा कमल चन्दलाई मनोनित गरेको छ।
नेपाली कांग्रेस प्रदेश सभा (क) सल्यानको आयोजनामा असार २८ गते बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा बसेको बैठकले चन्दलाई संयोजक तोकेको हो। सल्यान प्रदेश सभा (क) अन्तरगतका पालिका हरु संग समन्वय गरि २ महिना भित्र पालिकाहरुमा चुस्त र दुरुस्त तरुण संगठन निर्माण गरि असोज ८ गते सिद्द कुमाख गाउँपालिका ढोरचौरमा बस्ने पार्टी क्षेत्रको बैठकमा आफ्नो राय सहित संगठनको परिस्थित पेश गर्न अनुरोध गरिएको कांग्रेस प्रदेश सभा (क) सल्यान सभापति सुरेश चन्दले जानकारी दिनुभयो ।
यसैगरी सभापति कमल चन्दले जतिसक्दो चाडाे भातृ तथा शुभेच्छुक संस्थाहरूको निर्माण गरि पार्टी संगठन लाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो ।
Error generating audio.