हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।  जिल्लाको कपुरकोट गाउँपालिका – १, बगालेडाँडामा बगाले कृषि उपज खुला हाटबजार केन्द्रको उद्घाटन गरिएको छ ।

बिहीवार एक कार्यक्रमको आयोजना गरि बगाले कृषि उपज खुला हाटबजार केन्द्रका अध्यक्ष राजु पुनको सभा अध्यक्षता सौरीलाल बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी ले बगालेमा हाटबजार  खुल्नु सबैको लागी खुशीको कुरा भएको भन्दै हाटबजारले यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य बस्तुले उचित मुल्य पाउने  बताउनु भयो । 

यस्तै  कार्यक्रमका विशिष्ट अतिथि कपुरकोट गाउँपालिका-१, का वडा अध्यक्ष बालाराम खड्काले आफूले उब्जाएको कृषि सामाग्रीहरू आफ्नै ठाउँमा बेच्न पाउँदा वडावासीहरू खुशी  भएको बताउनु भयो ।

कार्यक्रममा झुप सिंह राना ,अमर सिंह राना, बम बहादुर कँवर, व्यवसायि सुदीप बानियाँ, मिलन बानियाँ लगायतले हाट बजार दिगो हुनुपर्ने र यसमा स्थानीय सरकार ले केहि सकेको सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो  । र, कार्यक्रमको सहजीकरण गंगाराम विकले गर्नुभएको थियोे । 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार, ,  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्