हामी परिक्षण प्रसारणमा छौ

दार्मामा ५ शैंयाको (कोभिड‐ १९) अस्थाई अस्पतालको उद्घाटन

डा.अनिश महतोको नेतृत्वमा २ स्टाप नर्स र अनमिले सेवा दिने



सल्यान । दार्मा गाउँपालिका सल्यानले बुधबारबाट डाक्टर सहितको कोभिड ‐१९ अस्थाई अस्पताल संञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर केसी (अरुण)का अनुसार कोभिड ‐१९ अस्थाई अस्पतालले हाललाई दार्मा गाउँपालिका वडा नम्बर‐४,रातामाटाबाट सेवाग्राहिलाई स्वास्थ्य सेवा दिनेछ । गाउँपालिकाले सबै प्रक्रिया पुरा गरेर एमबीबीएस डा.अनिश महतोको नेतृत्वमा २ जना स्टाप नर्स र अनमी सहितको टोलिले सेवाग्राहीलाई स्वास्थ्य सेवा दिनेछ ।

गाउँपालिका अध्यक्ष केसीका अनुसार अहिलेको विषम परिस्थितिलाई मध्येनजर गर्दै यस अस्पताल हाललाई ५ शैंयाको कोभिड अस्थायी अस्पतालको रुपमा यसले स्वास्थ्य सेवा दिनेछ ।

कोरोना महामारीको अत्यसँगै यस अस्पताललाई पालिकास्तरिय नमुना अस्पतालका रुपमा अघि बढाउँने गाउँपालिकाको सोच रहेको पालिका अध्यक्ष केसीले सल्यानन्युजलाई जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार, ,  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्