रोल्पा ।  गंगादेव गाउँपालिका रोल्पाको प्रबक्तामा कृष्ण ओली (बिपिन) नियुक्त भएका छन् । 

गाउँपालिकाकाको आज बसेको कार्यपालिका बैठकले वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहेका कृष्ण ओली (बिपिन) लाई पालिकाको प्रबक्तामा नियुक्त गरेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ को वडा अध्यक्षमा निर्बाचित भएका ओली ले यसअघि एकल महिला,पुरुष लाई वडामा थाली वितरण गरेका थिए । वडा स्तरिय  स्वास्थ्य सेवालाई अझ प्रभावकारी रुपमा अघि बढाउने ,वडा मा एम्बुलेन्स खरिद गर्ने लगायत थुप्रै निर्णय गर्दै छिटोभन्दा छिटो त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तर्फ आफु अघि बढेको ओलीले जानकारी दिए।

Error generating audio.

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार, ,  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्