हामी परिक्षण प्रसारणमा छौ



२५ साउन,तुलसीपुर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तुलसीपुर शाखा दाङले आफ्नो कम्पनीमा बिमा बनाई मृत्यु भएका परिवारका सदस्यलाई रकम हस्तान्तरण गरेको छ ।

जसअनुसार गंगादेव गाउँपालिका-४,रोल्पा (हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-६ निवासी बिमित खुमा वलीको नाम म जारी बिमा बापतको रकम कम्पनीले मृतकको परिवारको सदस्यलाई भुक्तानी गरेको छ । बिमित खुमा वलीले एक बर्ष पहिले पाँच लाखको बिमा बनाएको र बिरामी भै उनको केही दिनअघि १० बर्षको उमेरमै मृत्युु भएको थियो ।

कम्पनीले बिमा बापतको ५ लाख ३४ हजार दुई सय ३४ रुपैयाँ रकमको चेक आज बुधबार मृतकका बुवा बेत प्रसाद वली र उनको आमालाई हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स दाङ तुलसीपुर  शाखा प्रमुख सुजन शाहले सल्यानन्युजलाई जानकारी दिनुभयो ।

सो मृत्यु दाबी कार्यक्रममा तुलसीपुर शाखा प्रमुख सुजन शाह , सिनियर येजेन्सी म्यानेजर कल्पना देबकोटा, एजेन्सी म्यानेजर सन्जिता रजौरे,सीता खड्का , निर्मला के सि , सर्मिला रेग्मी , बल बहादुर वली , कल्पना पुन , बिश्नु चौधरी को उपस्थितिमा दाबी भुक्तानी गरिएको थियो भने बिमा को महत्त्व बारेमा शाखा प्रमुख सुजन शाहले प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार, ,  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्