हामी परिक्षण प्रसारणमा छौ



लमही,७ भदौ । दाङको लमहीबाट केहि समय अघि नेपाल कम्युनिस्ट पार्टी लमही नगर ईन्चार्ज जनक सहित ७ जना विप्लव निकट नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी लमही नगर ईन्चार्ज जनक, कार्यकर्ताहरू मनोज चौधरी , शोभाराम थापा , नारायण थापा, लोक ब. बि क, जनक के सि , बिष्णु सहित ७ जना आफ्ना नेता तथा कार्यकर्तालाई  लमहीबाट भर्खर धरपकड गरि प्रहरीले गिरफ्तार गरेको नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले जानकारी दिनुभएको छ।

यसैगरी शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका आफ्नो पार्टी का नेता तथा कार्यकर्तालाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही- तुलसीपुर र लमहिबाट गिरफ्तार सबै कार्यकर्तालाई नि:शर्त यथासिघ्र छोड्न बिप्लव नेतृत्व नेकपा दाङले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  १२ : २४ बजे

प्रतिक्रिया दिनुहोस्