हामी परिक्षण प्रसारणमा छौ



७ भदौ,सल्यान । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सहित चार पार्टीले आज मंगलबारका लागी आह्वान गरेकाे नेपाल बन्दका कारण कर्णाली प्रदेशको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको सल्यान सुनुसान रहेको छ ।

सल्यानमा बिहानै देखि फाटफुट बाहेक लामाे तथा छाेटाे दुरीका सवारीहरु चल्न सकेका छैनन् । दैनिक हजाराैं सवारी चल्ने राप्ती राजमार्गमा गाडी संचालन भएकाे देखिएकाे छैन भने जिल्ला सदरमुकाम खलंगा र जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर सुनसान देखिएकाे छ । बन्दले जिल्लाका अन्य ब्यापारीक केन्द्र सल्लिबजार,थारमारे,खरिबोट,बाँगेलाखुरी लगायतका स्थानीय बजारमा सुनसान रहेको छ ।

सुनसान सल्यानको थारमारे बजार । तस्वीर :राजन वली

जिल्लामा निजि तथा सरकारी विद्यालयहरु पनि बन्द अवस्थामा छन् । अस्पताल, होटल, एम्बुलेन्स लगाएतका अत्यावश्यक सवारी साधनमात्रै संचालनमा आएका छन् । बन्द सफल पार्न सबैलाइ आग्रह गरिएकाे र बेलुका ५ बजेपछि बन्द खुल्ने नेकपा सल्यानका सेक्रेटरी नारायण चन्दले बताउनुभयो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महंगीलगायतका विरुद्धमा नेपाल बन्दको आह्वान गरेका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार, ,  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्