हामी परिक्षण प्रसारणमा छौ

सल्यान तेस्रो गजल महफिल बागचौरमा सम्पन्न

साहित्य र कला राष्ट्रका साझा सम्पत्ति हुन् : बुढाथोकी



सल्यान । सल्यान कला साहित्य परिषद्ले शुक्रबार सल्यान बागचौरमा तेस्रो गजल महफिल सम्पन्न गरेको छ ।
सल्यान कला साहित्य परिषदको आयोजना र बागचौर नगरपालिकाको समन्वयमा शुक्रबार देखि सुरु भएको गजल महफिलमा ४ जना चर्चित गजलकारहरुले समेत गजल वाचन गरेका थिए ।

राष्ट्रिय स्तरका गजलकारहरु बाबु त्रिपाठी, हुकुम धड्कन, ऋषि सुदामा र संगीता थापाले शुक्रबार दिनभर गजल वाचन गरेका थिए । गजल महफिलमा सल्यानका विभिन्न ठाउँबाट साहित्यलाई माया गर्ने ब्यक्तिहरुको सहभागीता रहेको सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकायले जनाए ।

शुक्रबार समापन कार्यक्रममा बोल्दै बागचौर नगर पालिकाका प्रमुख लोकमान बुढाथोकीले साहित्यका हरेक कार्यक्रमलाई आफुले साथ दिने उद्घोष गरेका थिए । बुढाथोकीले भने,‘कला साहित्यलाई राष्ट्रको साझा सम्पत्ति बनाउन सबै तहका व्यक्तिहरु लाग्नु पर्ने अबस्था आएको छ ,यसमा स्थानीय सरकारले गनुपर्ने सहयोगमा हाम्रो तर्फबाट कुनै कन्जुस्याई हुदैन् ।’ उनले बागचौरमा गरिने जुनसुकै साहित्य कार्यक्रमलाई आफुले अभिभावकको जिम्मेवारी लिएर साथ दिने पनि प्रतिबद्धता जनाउँदै गजलले सबै वर्ग, समुह र समुदायलाई समेट्नुपर्नेमा ध्यान दिन गजलकारले ध्यान दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा बोल्दै साहित्यकार डा.पुर्ण भण्डारी (पंकज)ले सल्यानमा भएको यो गजल महफिलले सबैतर्फको ध्यान तान्ने बताए । पंकजले पछिल्लो समय सल्यानमा कला साहित्यको विकास हुँदै गएको र अझै यसको विकास र प्रचार गर्नुपर्ने उनले बताएका थिए ।

सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय एक्सनको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि मेयर लोकमान बुढाथोकी, विशिष्ट अतिथि उपमेयर कल्पना पुनको सहभागीमा भएको थियोे । जीवन जलनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण तारादेव शर्माले गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार, ,  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्