१२ भदौ,दाङनेकपा (माओवादी केन्द्र)ले दाङ जिल्लाको इन्चार्जमा निर्मल आचार्यलाई जिम्मेवारी दिएको छ।

शनिबार बुटवलमा बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले आचार्यलाई दाङ जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले जनाएको छ। 

पार्टीका पोलिटब्यूरो सदस्य समेत रहनुभएका आचार्य यसअघि लामो समयदेखि दाङ सह–इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो। गत वैशाखमा जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेपछि उक्त पद खाली थियो। त्यही रिक्त पदमा आचार्यलाई जिम्मेवारी दिइएको हो।

Error generating audio.

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार, ,  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्