हामी परिक्षण प्रसारणमा छौ



१३ भदौ,काठमाडौं । जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शनिबारबाट सुरु भएको चौथो सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले गर्नुभएको थियो ।

सम्मेलनबाट शेरबहादुर विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । जसको उपाध्यक्ष जानकी चौधरी, महासचिव आलोक लिम्बू, सचिव वसन्त विश्वकर्मा र कोषाध्यक्ष दीपेश विष्ट निर्वाचित हुनुभएको छ ।

केन्द्रीय सदस्यमा निर्बाचित सल्यानका खकेन्द्र केसी र बिरेन्द्र डिसी

केन्द्रीय सदस्यमा सल्यानका खकेन्द्र केसी र बिरेन्द्र डिसी निर्वाचित हुनुभएको छ । यस्तै,दाङबाट केन्द्रीय उपाध्यक्षमा जानकी चौधरी,केन्द्रीय सदस्यमा हेमन्तप्रकाश वली र जंगबहादुर रेउले निर्बाचित हुनुभएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्