हामी परिक्षण प्रसारणमा छौ



१४ भदौ,सल्यान । बागचौर नगरपालिका -४,शारदा खोलाको पहरजुधे मा एक पुरुषको लास भेटीएको छ।

हिजो राति देखि सम्पर्क बिहिन भएका बागचौर नगरपालिका-४,मजागाउँका अन्दाजी ७३ बर्षका हरि बहादुर पुनको लास मंगलबार दिउँसो शारदा खोलाको पहरजुधे मा भेटिएको वडा नम्बर-४,का वडा अध्यक्ष कृष्ण बस्नेत ले सल्यानन्युज लाई बताउनुभयो ।

हिजो राति बाट सम्पर्क बिहिन पुनलाई घुसखोलाले बगाएको अनुमान गरिएको र हाल प्रहरीले मुचुल्का गरेर गएको वडा अध्यक्ष कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार, ,  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्