हामी परिक्षण प्रसारणमा छौ

सल्यानमा माओवादी केन्द्रको बैठक,उम्मेदवार सिफारिस टुङ्गाउने तयारी

संघमा बस्नेत र मल्लको दावी, प्रदेश (क) मा शर्मा र (ख) मा केसीको नाम चर्चामा



२२ भदौ, सल्यान । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको चौथो पुर्ण बैठक सल्यान खलंगामा सम्पन्न भएको छ। बुधबार बिहानबाट नेकपा माओबादी केन्द्रको पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेत र रमेश मल्लको बिशेष उपस्थितीमा चौथो पुर्ण बैठक सल्यान खलंगामा केहिबेर अघि सम्पन्न  भएको हो।

मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगाउन बसेको चौथो पुर्ण बैठकले नगर तथा पालिका स्तरका जिल्लाका नेताहरुका विचमा छलफल चलाएको हो । छलफल पश्चात आएका सल्लाह र सुझावलाई  मध्येनजर गर्दै संघ र प्रदेशमा सिफारिस हुने नामको टुङ्गो लगाउन नेताहरुले थप गृहकार्य गरी नाम सिफारिस गर्ने निर्णय भएको छ।

बैठक ले मंसिर ४ मा हुन गइरहेको निर्बाचनमा प्रदेश (क) मा पार्टीको तर्फबाट माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य भिम प्रकाश शर्मा र प्रदेश (ख) मा कर्णाली प्रदेश सदस्य चित्र बहादुर केसीको नाममा चर्चा चलेको भएपनि  अन्तिम टुंगो लाग्न बाँकी छ । यस्तै संघमा पार्टीका पोलिटब्युरो सदस्य टेक बहादुर बस्नेत र रमेश मल्लको दावी छ । यस्तै पार्टी केन्द्रीय सदस्य टिका बुढाथोकीको समेत संघ मै दाबी रहेकोले आज सहमति गर्न नसकिएको उक्त पार्टी का एक जिल्ला समन्वय समिति सदस्यले जानकारी दिनुभयो ।

संघीय समानुपातिक तर्फ पार्टीका बैकल्पिक केन्द्रीय सदस्य  रत्न बहादुर वली र दिलमाया बुढा संगै कमल बिकको नाम समेत आएको छ । त्यस्तै प्रदेश (क) मा समानुपातिक तर्फ धर्मे बुढा, तिलक बिक र कल्पना पुनको नाम आएको छ ।

प्रदेश (ख) तर्फ रुद्र बहादुर घर्ती लाई समानुपातिक तर्फ एकल नाम सिफारिस गर्न निर्वाचन क्षेत्र नं २ को सहमति भएको छ ।सकेसम्म पार्टीको तर्फबाट एकल उम्मेद्ववारमा सहमती खोज्ने प्रयासमा आफुहरु रहेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति सल्यानका सचिब निमबहादुर केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार अहिलेसम्म कसैको नाममा टुंगो लाग्न सकेको छैन । सकेसम्म सहमति मा नै संघ र प्रदेश (प्रत्यक्ष तथा समानुपातिक) उम्मेद्ववारहरुको एकमुष्ट नाम जिल्लाले प्रदेश र केन्द्रीय कमिटी मा सिफारिस गर्ने केसीको दाबी छ । कृति बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन निम बहादुर केसीले गर्नुभएको थियो।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार, ,  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्