हामी परिक्षण प्रसारणमा छौ



१३ असोज,सल्यान । एक कार्यक्रमका बिच सल्यान ढोरचौरमा दशै विशेष संस्कृतिक कार्यक्रमको आज उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सिद्ध कुमाख गाउँपालिका प्रमुख भरत गिरी,पालिका उपाध्यक्ष राम बहादुर बस्नेत, कलाकार प्रेम नारायण बिक लगायतले सम्बोधन गर्दै मेला सफलताको शुभकामना दिनुभएको थियो । राष्ट्रिय संगीत क्रमि संघ जिल्ला कार्यसमिति सल्यानको आयोजना र शारदा युथ क्लब ढोरचौरको सह-आयोजनामा हुनलागेको वृहत सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी ,चर्चित गायक ,कृष्ण रेउले ,बिक्रम जंग शाह ,यज्ञ विक, हास्य व्यङ्ग्य भेलु बाजे,गायिका देवि बस्नेत,सुसिला थापा,मोडल समिक्षा भुजेल,बिमु आचार्य ,लगाएतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

उद्घाटनमा गायक प्रेम नारायण बिक,सिद्ध कुमाख गाउँ पालिका अध्यक्ष भरत गिरी,उपाध्यक्ष राम बहादुर बस्नेत

भोलीको विशेष बद्री पंगेनी !
यसैगरी आज बाट सुरु भएको दशै विशेष संस्कृतिक कार्यक्रममा भोली ढोरचौरमा चर्चित राष्ट्रिय गायक बद्री पंगेनी आउने आयोजक संस्थाले जनाएको छ। भोली पंगेनी सहित यज्ञ बि.क र देबि बस्नेतको समेत विशेष प्रस्तुति रहने छ। असोज १३ देखि सुरु भएको मेला १५ गतेसम्म लाग्ने प्रचार प्रसार संयोजक अमृत बाबु बुढाथोकी ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार, ,  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्