हामी परिक्षण प्रसारणमा छौ



१५ असोज,घोराही । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा  ४२ जना यात्रु घाइते भएका छन् । शनिबार दिउँसो घोराहीबाट लमहीका लागि छुटेको रा१ख १८४५ नम्बरको बस चौपट्टाको आरोलोमा ब्रेक फेल भएर पल्टिएको दाङ प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो अनुमानित ३ बजे घोराही उपमहानगरपालिका-३ भैंसीबगाउने खोला नजिकै बस दुर्घटना हुँदा ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले जानकारी दिनुभयो । ओली का अनुसार ४२ घाइते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ। हेर्नुहोस् ४२ घाइतेहरुको विवरण :

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार, ,  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्