हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङमा शुक्रबार साँझ मोटरसाईकलको ठक्करबाट ४ बर्षका बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७,खैरेनी निबासी केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–२ निबासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना खैरेनिमा शुक्रबार साँझ पौने पाँच बजे भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार, ,  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्