हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१३, दमारगाउको जंगलमा दुईवटा शव फेला परेको छ ।

आइतबार एउटै खाडलमा दुबै को शव गाडेको अबस्थामा फेला परेको वडा नम्बर १३ का वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । खाल्डोमा गाडीएको अबस्थामा तुलसीपुर १३ का १५ बर्षिया रोशनी महतारा र सोही ठाउँकै १४ बर्षिय शरद आचार्य रहेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार, ,  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्