हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यानमा पोखरीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ मैदुका अन्दाजी ४० वर्षीय तिलाराम नेपाली वेपत्ता हुनु भएको हो । 

मंगलबार दिउँसो घर नजिकै रहेको मैदुमा रहेको मैदुपोखरीमा पौडी खेल्ने क्रममा नेपालीको भएको बनगाड कुपिण्डे नगरपालिका ७ का वडाध्यक्ष जीवन सिहं ठकुरीले जानकारी दिनु भयो । प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको उहाँको भनाई छ । 

पोखरी ७ देखि ८ फूट गहिरो भएपनि हिजो बढी भएकाले खोजी गर्न समस्या भएको ठकुरीको भनाई छ । अहिले नेपालीको खोजी गर्न बोट ल्याउदै गरेको र यदि बोटका माध्यमबाट पनि फेला पार्न नसके गोताखोरलाई बोलाइने उहाँले बताउनु भयो । 
 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार, ,  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्