हामी परिक्षण प्रसारणमा छौ



सल्यान। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ मैदुपोखरिमा सोहि ठाउँका अन्दाजी ४२ वर्षिया तिलाराम विकको मृत्यु भएको छ ।

मंगलवार दिउँसो १ वजेको समयमा तालमा डुवेर वेपत्ता वनेका तिलारामलाई ईलाका प्रहरीको टोलि,नगरपालिकाको र्याफ्टिङ चलाउने टिमले लास तालबाट निकालेको छ । वडा ७ कै घाँजरिपिपल चोक्या ढुंगाका निवासि विम मानसिक सन्तुलन ठिक नभएको जनाएको छ ।

मदिरा समेत सेवन गरेका बिकले दिउँसो पोखरिमा हाम फालेको स्थानीयको दाबी छ।अन्दाजी ४२ वर्षिया तिलाराम तालमा डुवेर वेपत्ता भयपछि पोखरिको सतह घटाएर उनको शवको खोजी गरिएको थियोे ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका र्‍याफि्टङ बोर्डको सहयोगमा दिपक यरी, शंकर यरि, निम प्रसाद बुढा, सन्तोष वली, राजन यरि र मेदन बुढाको टिम पोखरीमा डुबेर बेपत्ता भएका बिकको तिन घन्टा पछि शव निकाल्न सफल भएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार, ,  ६ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्