हामी परिक्षण प्रसारणमा छौ

प्रचण्ड–माधव नेतृत्वको नेकपा सल्यानको बिरोध सभा शुरु

टेकबहादुर बस्नेत र प्रकाश ज्वालाले सम्बोधन गर्दै



सल्यान । नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन सल्यानमा शुरु भएको छ । जिल्लाका १० ओटै स्थानीय तहबाट आएका जुलुस सहितको प्रदर्शन संगै बिरोध सभा सुरु भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहको जुलुस कालीमाटी, बन्गार कुपिण्डे नगरपालिका र शारदा नगरपालिका वडा नम्बर ४,५,८,९ र १० का कार्यकर्ता सम्मिलित जुलुस नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा साहुटोलाबाट निस्किएको छ ।

यस्तै लुहापिङबाट त्रिवेण्ी गाउँपालिका,कपुरकोट गाउँपालिका र शारदा नगरपालिका वडा नम्बर १ बाट निस्केको जुलुसको नेतृत्व उमाकान्त शर्मा र उदय बोहराले गरेका छन् ।

यसैगरी छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाको वडा नम्बर १२,१३,१४ र १५ वडा को सक्रियतामा निस्केको जुलुसको नेतृत्व धिरेन्द्र बहादुर श्रेष्ठले गरेका छन् ।

 

यस्तै कुमाख गाउँपालिका,दार्मा गाउँपालिका,सिद्धकुमाख गाउँपालिका,बागचौर नगरपालिका र शारदा नगरपालिका वडा नम्बर ६ र ७ पार्टी कार्यकताको जुलुस नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेक बहादुर बस्नेतको नेतृत्वमा श्रीनगर हुदै लुहापिङ र त्यहाँबाट बसपार्क गएको छ । आजको जुलुसमा पार्टीका केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य,जिल्ला सदस्य,पालिका सदस्य तथा विभिन्न जनबर्गीय संघसंगठन संगै जनताको ब्यापक उपस्थीति रहेको नेकपा सल्यानका जिल्ला सदस्य हिमाल यात्रीले सल्यानन्युजलाई जानकारी दिएका छन् ।

आज सल्यान खंलगा बसपार्कमा विभिन्न स्थानबाट आएका जुलुसमा सहभागीले ‘प्रतिनिधिसभाको असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं’,‘महान् शहीदहरु लाल सलाम’,‘राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको रक्षा गरौं’,‘समाजबाद जिन्दाबाद’ लगायत दर्जन बढि नारा लगाएका छन् । सबैतिरको जुलुस खंलगा बसपार्क पुग्नेछ । त्यहाँ, केन्द्रीय सदस्यद्धय टेकबहादुर बस्नेत,प्रकाश ज्वाला लगायत अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा कर्णाली प्रदेश सदस्य निमबहादुर केसी (अरुण)ले जनाए । आज सल्यान लगायत देशका ७७ ओटै जिल्लामा प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका पछिल्ला कदमका बिरुद्ध प्रदर्शन गरिरहेको छ ।

तस्बिर – भरत देवकोटा

 

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार, ,  ३ : १८ बजे

प्रतिक्रिया दिनुहोस्