सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका-१० रजैखोलाबाट थापाचौर तर्फ जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजइखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका १० थापाचौरका १७ वर्षीय कुलविर पुन,१६ वर्षीय तिलक बुढा, १८ वर्षीय भुपाल बुढा, १४ वर्षीय गोपाल पुन, १६ वर्षीय सुमन पुन, १७ वर्षीय जिम बहादुर बुढा,२१ वर्षीय झुपलाल घर्ती, र २१ वर्षीय नन्दलाल घर्ती रहेका छ्न ।

घाइते ८ जनालाई प्रोदेशिक अस्पताल कालागाउँ सुर्खेत पठाइएको उहाँको भनाई छ । घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ । तिलक बुढा, भुपाल बुढा, गोपाल पुन र सुमन पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताउनु भयो ।

प्रहरीका अनुसार बालुवा लोड गरी थापाचौर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सडकदेखि झन्डै ५० मिटर तल खसेको छ । ट्याक्टरमा सवार नौ जना मध्ये एक जना भने सकुसल रहेका छन् । ट्याक्टर चालक भने हालसम्म फरार रहेको बताइएको छ ।

Error generating audio.

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार, ,  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्