हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रदेश सभा सदस्य (क)का नेकपा माओवादीका उम्मेदवार भीम प्रकाश शर्माले प्रतिगमन विरुद्धको गठबन्धन भएको प्रतिगमन अन्त्य नभएसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको छ । संविधान बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन भएको र देशभर गठबन्धनको जीत सुनिश्चित भएको उहाँको भनाई छ । 

सोमबार बनगाड कुपिण्डे नगरपालिका ५ नाथेखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गदै शर्माले  निर्बाचित भएपछि सबैले साझा गठबन्धन पार्टीको नेतृत्वले निर्णय गरे अनुसार राज्यको सुबिधा लिने बताउनु भएको छ । सबै नियुक्ति साझा गठबन्धन हुने उहाँको भनाई छ । विकास निर्माणका कामलाई निरन्तरता दिने सल्ली चौरजाहारी सडक बौहु बर्षे तरिकाले लिने त्यसको स्तरबृदद्धको जिम्मेवारी लिने बताउनु भएको छ ।

थारमारे चौरजहारी सडको पिज गर्ने र अन्य सडकमा ग्राबेल गर्ने सहित स्तर वृद्धि गर्ने बताउनु भएको छ । कालालेख नाथेखोला सडक बामे सडक स्तर वृद्धि गर्ने, प्रदेश (क) मा ५६ प्रतिशत बिद्युत पुगेको बाँकी ठाउमा ५ वर्ष भित्र सबै ठाउँमा पुर्‍याउने बताउनु भएको छ ।  

यस्तै  बनगाड क्याम्पस सुरु आफुले नै गरेको त्यसको पहल गरेको समेत बताउनु भएको छ । भौतिक पुर्वाधारमा  टिनका छाना भएका विद्यालयलाई ५ वर्ष भित्र पक्की भवन बनाउने बताउनु भएको छ । चुनावमा आउने अगाडि न आउने कुरालाई म अब त्यसो नगर्ने फोन न उठाने समस्या आफुले सधैको लागि हल गर्ने व्यस्त भएको अवस्थामा न उठाएपनी त्यसलाई पुन आफैले फोन गर्ने समेत बताउनु भएको छ ।


आफुले कुरा गरे अनुसार व्यबहारमा लागू गर्ने समेत शर्माको दावी छ । अहिले सम्म कुनै व्यक्तिगत स्वार्थ नलिएर जनताको सेवामा लागेको र त्यसको लागि सबैले सहयोग गर्नु हुन सबैमा अनुरोध गर्नु भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्