हामी परिक्षण प्रसारणमा छौ



रुकुम पूर्व । रुकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । 

माओवादी केन्द्रका नेता समेत रहनुभएका घर्तीले १२ हजार ६६२ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशका निवर्तमान सभामुखसमेत रहनुभएका घर्ती प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले निर्वाचित हुनुभएको हो। 

घर्तीका प्रतिस्पर्धी नेकपा (एमाले)का कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गर्नुभएको थियो। माओवादी केन्द्रका घर्तीले एमालेका मल्लभन्दा ७ हजार ४५१ मत बढी प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार, ,  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्