हामी परिक्षण प्रसारणमा छौ



दाङ । युथ्स अफ तुलसीपुरको आयोजनामा आजदेखि तुलसीपुरमा सुरु हुने भनिएको महोत्सव स्थगित भएको छ ।

महोत्सवलाई रोक्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स लगायतका ब्यबसायीक संस्थारुहरुले कडा बिरोध गर्दै बजार बन्द आह्वान गरेसंगै आज विहीबार बसेको सर्वपक्षिय बैठकले हाललाई मेला रोक्ने निणर्य गरेको तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले जानकारी दिनुभयो ।

उपाध्यक्ष भण्डारीका अनुसार क्लबले पुनःमहोत्सव सञ्चालन गर्न चाहेमा ब्यापारिक स्टलमा राखिने सामग्रीको लिस्ट उद्योग बाणिज्य संघ र तुलसीपुर च्याम्बरले पाँच दिन भित्र उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै चेम्बर अफ कमर्स र तुलसीपुर उद्योग वागिज्य संघले उपलब्ध गराउने लिस्ट र समयाबधि पछि पुनःनिणर्य गरिने संस्थाका अध्यक्ष अरुण लहरेले बताउनुभयो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाले स्पष्ट कार्यविधि बनाएपछि मात्रै मेला महोत्सव लगाउने सहमति भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आजदेखि महोत्सव सञ्चालन हुन लागेको थियोे ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, क्लबका अध्यक्ष लहरे लगायतको सहभागितामा भएको बैठकमा यस्तो सहमति भएको हो । सर्वपक्षिय सहमति भएसंगै हिजो बिहान देखी बन्द तुलसीपुरको बजार अहिले खुला भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार, ,  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्