हामी परिक्षण प्रसारणमा छौ



सल्यान । स्वास्थका लागी खेलकुद ,रास्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ प्रथम सताईसी कप तथा साँस्कृतिक कार्यक्रम २०७९ सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर ६ मेल्टाकुरा, बडागाउमामा सम्पन्न भएको छ ।

यहि मंसिर २३ गते देखि सुरु भएको कार्यक्रम हिजो मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिता अन्तर्गत सल्यान सहित , सुर्खेत, पश्चिम नवलपरासी ,रुकुम जिल्लाका खेलाडी टिमहरुको समेत सहभागिता रहको थियो । भलिबल प्रतियोगितामा २१ वटा भलिबल टिमले सहभागिता जनाएका थिए । तर ४ वटा टिम उपस्थित नहुदा १७ वटा टिमको प्रतिस्पर्धा रहेको प्रचार प्रसार संयोजक शंकर बिक तिवारिले जानकारी दिनुभयो ।

खुला वडा स्तरीय भलिबल खेलमा पश्चिम् नवलपरासीेको ब बर्दघाट नगरपालिका वडा न. १ प्रथम बिजेता रु ७१ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गरेर उपाधी चुम्न सफल भयो भने । यस्तै उप बिजेता सिद्ध कुमाख गाउँपालिका वडा नम्बर ३ सल्यानको रेउले भाइ डि जे टिमले ५१ हजार १ सय ११ रुपैया पुरस्कार जित्न सफल भएको छ।

यस्तै दार्मा गाउँपालिका वडा नम्बर ३ सल्यानको टिमले तेस्रो स्थान कायम गरि रु ३१ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गरेको छ भने सान्तोना भएको दार्मा गाउँपालिका वडा नम्बर ४ सल्यानको टिमले ११ हजार १ सय ११ रुपैया पुरस्कार हात पारेको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख असबिर बुढाथोकी, विशिष्ट अतिथि FIVB level-1 कोच तथा राष्ट्रिय रेफ्रि द्रोण प्रकाश चन्द, अतिथिमा कुमाख गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष कर्ण बहादुर बिक , नेपाली काङ्ग्रेसका युबा नेता प्रेम नारायण बिक लगायतले भलिबल खेल तर्फ खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र र ट्रफि र साँस्कृतिक तर्फ कलाकार हरुलाइ सम्मान पत्र समेत प्रदान गर्नुभएको थियो ।

यसैगरी साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु कृश क्षेत्री, सान्त राम क्षेत्री ,कुल बहादुर वली लगायतको बेजोड प्रस्तुतिले दर्शकहरुलाइ मनोरञ्जन दिनुका साथै स्थानीय कलाकारको स्थानीय झाकी, मयुर नाच समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार, ,  ११ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्