हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । दाङको तुलसीपुरमा संञ्चालन भइरहेको प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा भोलि चर्चित लोक दोहोरी गायक रमेशराज भट्टराई ले आफ्नो प्रस्तुति दिने आयोजक संस्था युथ्स अफ तुलसीपुरले जनाएको छ ।


यहि मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवको आज पाँचौ  दिन विहिवार दर्शक बढेसंगै केन्द्रीय कलाकारले भरपुर मनाेरञ्जन दिनुभएको छ । आज मेलाको पाँचौ दिन चर्चित गायक रामजी खाँड, पुस्कल शर्मा, मञ्जु पौडेल लगायत स्थानीय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिएको आयोजकले जनाएको छ । यसैबीच भाेलि पुस १ गते गायक रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ लगायतको प्रस्तुति रहने छ भने कार्यक्रमकाे सञ्चालन ढाकाराम पाैडेलले गर्नुहुनेछ ।

तुलसीपुरमा अत्याधुकि पुस्तकालय स्थापनाका लागि युथ्स अफ तुलसीपुरले संञ्चालन गरेको जारी महाेत्सव पुस ६ गतेसम्म चल्ने आयोजक संस्था युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्