हामी परिक्षण प्रसारणमा छौ



तुलसीपुर । दाङको तुलसीपुरमा संञ्चालन भइरहेको प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा आज शनिबार चर्चित लोक दोहोरी गायक प्रकाश सपुत संगै प्रिति आले ले आफ्नो प्रस्तुति दिने आयोजक संस्था युथ्स अफ तुलसीपुरले जनाएको छ ।

यहि मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवको आज सातौ   दिन विहिवार दर्शक को चापलाई मध्यनजर गरेर केन्द्रीय कलाकारले मनाेरञ्जन दिने आयोजक संस्थाले जनाएको छ ।यसैबीच आज पुस २ गते गायक आज चर्चित लोक दोहोरी गायक प्रकाश सपुत संगै प्रिति आले लगायतको प्रस्तुति रहने छ भने कार्यक्रमकाे सञ्चालन ढाकाराम पाैडेलले गर्नुहुनेछ ।

तुलसीपुरमा अत्याधुकि पुस्तकालय स्थापनाका लागि युथ्स अफ तुलसीपुरले संञ्चालन गरेको जारी महाेत्सव पुस ६ गतेसम्म चल्ने आयोजक संस्था युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार, ,  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्