सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले लोकसेवा आयोगको वैकिल्पक सूचीमा रहेका उम्मेदवारलाई कृषि स्नातक प्राविधिक छैटौँ पदमा करारमा नियुक्त गर्ने भएको छ ।
गाउँपालिकाले विहीबार जारी गरेको सूचना अनुसार कृषि स्नातक प्राविधिक छैटौँ पदमा पुस १ गते लिखित परिक्षा सञ्चालन गर्दा कुनै पनि उम्मेदवार उत्तिर्ण नभएको भन्दै लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबाट लिखित तथा अन्तरवार्ता उत्तिर्ण गरेका वैकल्पिक तथा अस्थायी सुचिमा समाबेश उम्मेदवारलाई सात दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
यसअघि यस्तै प्रकृतिको सूचना काठमाडौं महानगरपालिकाले जारी गर्दा त्यसमा धेरैजसो स्थानीय तहले सकारात्मक भन्दै त्यसको अनुसरण गर्ने जनाएका थिए।

Error generating audio.