हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यान बनगाड नगरपालिकाको भेरी नदी किनारमा शव फेला परेको छ ।


जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-२ कालिभिर नजिकै भेरी नदी किनारमा शुक्रबार उक्त शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शव जाजरकोट भेरी नगरपालिका-३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसी रहेको छ ।  केसी गत कात्तिक ८ गते देखि हराइरहेका भए पनि उनको शब भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खोजतलास गर्ने क्रममा आज उनको शनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।शवको शनाखत र मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का पछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइने सल्यान प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार, ,  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्