हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।आज सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनु भयो ।

आठ सदस्यीय नयाँ मन्त्रिपरिषद् मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी पाउनुभएको छ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि आजै बिनाबिभागिय मन्त्री बन्नुभएको छ।अन्य मन्त्रालयहरु प्रधानमन्त्री प्रचण्डले आफूसँग राख्नुभएको छ । सबै मन्त्रीहरुले आज दिउँसो रास्ट्रपति निवास शीतलनिवासमा आयोजित कार्यक्रममा रास्ट्रपति विद्यादेबि भण्डारीले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार, ,  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्