सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ।

माओवादी केन्द्रको मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो। शर्मा रुकुमपश्चिम प्रदेश सभा (२)बाट निर्वाचित हुनुभएको हो ।२०४१ सालमा अनेरास्ववियू बाट विद्यार्थी राजनीति प्रवेश गर्नुभएका राजकुमार शर्मा जनयुद्धताका साबिक कर्णालीका थुप्रै जिल्लाको नेतृत्व सम्हालिसक्नु भएको छ।

राजकुमार शर्मा २०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो भने पार्टीको जिल्ला इञ्चार्ज हुँदै प्रदेश अध्यक्ष समेत बन्नुभएको थियो। हाल शर्मा नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ।

यसअघि माओवादीबाट कर्णाली प्रदेश संसदीय दलको नेतामा दुई जनाको नाम बढी चर्चामा रहेको थियो। जसमा शर्मासँगै सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२)बाट निर्वाचित विन्दमान विष्ट समेत दलको नेताको रुपमा चर्चामा रहनुभएको थियो। कर्णाली प्रदेश माओवादी केन्द्र भित्र राजकुमार शर्मा जनार्दन शर्माको निकट र बिस्टलाई शक्ति बहादुर बस्नेत निकट मान्ने गरिन्छ । कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन भएसंगै उहाँलाई भाबि मुख्य मन्त्री बन्न बाटो खुलेको धेरैको अनुमान छ।

Error generating audio.

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  २ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्