हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको तुलसीपुरमा एक ब्यक्तीको बैंक रकम चोरी भएको छ । मंगलबार विहान दंगीशरण गाउँपालिका–५ मिरौली निवासी घर भई हाल तुलसीपुरमा ब्यबसाय गर्दै आउनुभएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैँया चोरी भएको हो ।

बुधबार विहान ज्ञानबहादुर चौधरीको फेसबुक म्यासेन्जरमा आफू एनआईसी एसिया बैंकको कर्मचारी भएको भन्दै खातामा समस्या देखिएको र त्यो खाता बनाउनकालागि भन्दै खाता नम्बर र मोवाईल नम्बर मागियो ।

चौधरी ले बैंककै लोगो राखेको र बैंककै नाममा म्यासेज आएपछि विश्वास मान्दै आफ्नो खाता नम्बर तथा मोवाईल नम्बर दिएको र मोवाईलमा फोन पनि आएपछि आफु झनै विश्वास परेर ठगीएको थाहा नपाएको भन्दै भन्नुभयो, ‘पहिले पनि खातामा समस्या आएमा बैंकबाट फोन आउथ्यो’,उनले भने‘अहिले पनि त्यही होला भनेर पठाएँ ।’

मोवाईल नम्बर र खाता दिएपछि केही समयमा मोवाईलमा ओटीपी कोड आयो । चौधरीलाई ओटीपी कोर्ड आफू भन्दा अरुलाई थाहा दिनु हुँदैन, भन्ने थाहा थियो ।तर, पनि कर्मचारी नै हुँ भन्दै मागे पनि उनले त्यो कोर्ड दिए । ‘दुईपटकसम्म त कोड पनि दिइँन,त्यो कोर्डको म्याद २ मिनेट सम्म हुँदो रहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेँपछि विश्वास लाग्यो’,उनले भने‘त्यसपछि दिएँ ।’

चौधरीले त्यो ओटीपी कोर्ड दिएको १५/२० मिनेटमा २ लाख २० हजार रुपैँया आफ्नो खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आउदा बल्ल त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआईसी एसिया बैंकमा गएको बताउनुभयो । त्यहाँ जाँदा आफ्नो खाता नम्बर ०६५४१५११०४८७९००१ बाट सिधै सिटिजन बैंकमा पठायो । त्यहाँबाट एभ्रेष्ट, मेघा बैंकमा पठाईसकेको पाईयो । त्यसपछि चौधरीलाई बैंकले सिधै प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेपछि आफु प्रहरी कार्यालयमा पुगेको बताउनुभयो । रकम कुन ब्यक्तीको खातामा पठाएको भन्ने प्रष्ट थाहा भएकाले त्यही अनुसार कदम अगाडी बढाईएको चौधरीले बताउनु भयो । उहाँका अनुसार चोरी गर्ने ब्यक्तीको खाता कोहलपुर शाखामा समेत रहेको बुझिएको छ ।

यस्तै कुनै पनि ब्यक्तीले ओटीपी(वान टाईम पासवर्ड) नम्बर कसैलाई पनि दिन नहुँने एनआइसी एसिया बैंकका तुलसीपुर शाखा प्रमुख राजीव वलीले जानकारी दिनुभयो । वलीले भन्नुभयो ,’खाता ह्याक गर्ने गिरोह सक्रिय भएको अबस्थामा फेसबुक, म्यासेन्जरलगायत अन्य कुनै पनि माध्यामबाट मागेपछि बैंक, खाता, मोवाईल नम्बर, ओटीपी कोर्डजस्ता बैंकका विवरणहरु कसैलाई पनि नदिन मेरोअनुरोध छ।’

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्