हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा कर्णाली प्रदेशको पाँच बर्षकै लागि माओवादी केन्द्रले पाउने सहमति भएको छ ।

यस्तै गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकारको नेतृत्व गर्ने सत्तारुढ दलहरुबिच सहमति जुटेको छ ।

यस्ताे छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ : नेकपा एमाले

मधेश प्रदेश : जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती प्रदेश : माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी प्रदेश : नेकपा एमाले

कर्णाली प्रदेश : नेकपा माओवादी केन्द्र

सुदूरपश्चिम प्रदेश : एमाले र माओवादी आलोपालो ।

प्रदेश सभामुख:

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रदेश उपसभामुख: 

प्रदेश १ र गण्डकी- एमाले

बागमती र कर्णाली- माओवादी

लुम्बिनी- राप्रपा

मधेश प्रदेश- जनमत पार्टी

सुदूरपश्चिम- नागरिक उन्मुक्ति ( प्रस्ताव गरिएको )

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार, ,  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्