हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाले स्थानिय पाठ्यक्रमलाई पालिकाभर लागु गर्ने तयारी गरेको छ।

स्थानीय विषयवस्तुलाई समेटेर गाउँपालिकाका सबै विद्यालयमा आधारभूत तह (कक्षा १ देखी ८ सम्म) मा स्थानीय पाठ्यक्रम लागू गर्नेगरी हालै पाठ्यक्रम निर्माण गरिएको हो । स्थानीय तहमा माध्यामिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ ।

सोही अधिकार र निर्देशन बमोजिम जिल्लाको कालिमाटी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पाठ्यक्रममा कालिमाटी गाउँपालिका भित्रको वनजंगल, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगाएतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको हो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार, ,  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्