हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । सल्यानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफुहरुले लगाएको गुनको पैचो तिर्ने बेला आएको बताउनुभएको छ ।

प्रकाश ज्वाला आज भैरहेको सभामुख को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका समर्थक रहनु भएको छ।एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका प्रकाश ज्वालाले केहिबेर अघि संसदको बैठकमा सबै राजनीतिक दलहरुसँग मत माग्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको जस्तै मत सभामुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेले पाउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे उम्मेदवार बन्नुभएको छ भने उहाँको समर्थकमा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ। आजै नै सभामुखको निर्वाचन हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार, ,  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्